गृहपृष्ठ नेपालमा आज थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाले गुमाए ज्यान
नेपालमा आज थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाले गुमाए ज्यान
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।





