२०८३ साउन १० गते आइतवार | July 26, 2026

गृहपृष्ठ रुपन्देहीको कञ्चनमा एक महिला मृत फेला, हत्याको आशंका

रुपन्देहीको कञ्चनमा एक महिला मृत फेला, हत्याको आशंका

सालझण्डी । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चन-१ हात्तीबजारकी ३१ वर्षीया सावित्री थापा छेत्री आफ्नै घरमा बुधबार बिहान मृत अवस्थामा भेटिएकी हुन । सावित्रीको शरीर र हातमा निलडाम देखिएको र यसबारे थप अनुसन्धान गर्न उनका श्रीमान यमबहादुर थापा छेत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सावित्राको टाउकोमा समेत चोट तथा रगत देखिएकाले हत्या भएको आशंका गर्न सकिने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । साबित्राको शव पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । श्रीमान ३५ वर्षीय यमबहादुरले नियमित रुपमा मदिरा सेेवन गर्ने भएकाले पारिवारिक झगडाले गर्दा घटना घटेको हुन सक्ने अनुमान गरिएको छ । उनीहरुको करिब ५ वर्षका छोरा समेत छन।घट्ना को थप अनुसंधान भइरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासनिले जानकारी दिये ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार