२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ रुपन्देही प्रहरीद्वारा भन्सार छलि गरि ल्याइएको १० लाखभन्दा बढीको सामान बरामद

रुपन्देही प्रहरीद्वारा भन्सार छलि गरि ल्याइएको १० लाखभन्दा बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली नेपाल ल्याउदै गरेको १० लाख १५ हजार १२० बराबरको अवैध सामान बरामद गरेको छ । यही श्रावण १५ गते गोप्य सूचनाका आधारमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २ पड्षरी स्थित खटिएको प्रहरीले १० लाख १५ हजार १२० बराबरको अवैध सामानसहित २ जनालाई पक्राउँ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तथा सहायक सूचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिनुभएको छ ।

प्रहरीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २३ का २७ बर्षीय दामोदर चापागाई (चालक) र स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. १४ का २८ बर्षीय विशाल तिवारीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरु सवार ग २ च ४६९७ नं. को गाडीबाट रेडवुल ११२ कार्डुन ( ३०० पिस ), बदाम जुस १५४ कार्टुन (१ हजार ८ सय ४८ पिस) सामान बरामद गरेको पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रतिवादीबाट बरामद भएका भन्सार छली ल्याईएका सामान गाडी सहित रु दश लाख पन्ध्र हजार एक सय विस वरावरको हुन आउँछ । बरामद सामान, गाडी र मानिहरुलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वेलहिया रुपन्देहीमा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तथा सहायक सूचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार