२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ रुपन्देही प्रहरीद्वारा भन्सार छली ल्याउदै गरेको लाखौंको अवैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा भन्सार छली ल्याउदै गरेको लाखौंको अवैध सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली ल्याउदै गरीएका अवैध सामान बरामद गरेको छ । प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बुद्धचोक स्थित भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको अवस्थामा अवैध सामान बरामद गरेको हो ।

प्रहरीले  १०० ओटा सुट, ३२ ओटा लेगिज,  २६० ओटा साडी, १५ ओटा बनारसी साडी, २ ओटा लेङ्गा, २६ ओटा जुत्ता, ५ ओटा हार्डवेयर सामान, चस्मा ३५० ओटा, ४ ओटा SAMSUNG कम्पनीको मोबाइल, २ ओटा VIVO कम्पनिको मोबाइल, २ ओटा REALMI मोबाइल  बरामद गरेको हो । बरामद गरिएका सामान कुल तीन लाख सन्ताउन्न हजार चार सय बराबरको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो । बरामद गरीएका सामाग्रीहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वेलहिया रुपन्देहीमा पठाएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार