गृहपृष्ठ सुमन ढकालको शब्द सिर्जनामा अर्जुन सापकोटा स्मृति तिमिल्सिनाको आवाजमा “भाउ बढ्यो” गीत बजारमा !
सुमन ढकालको शब्द सिर्जनामा अर्जुन सापकोटा स्मृति तिमिल्सिनाको आवाजमा “भाउ बढ्यो” गीत बजारमा !
काठमाडौं । लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटाको आवाजमा नयाँ तीज गीत ‘भाउ बढ्यो’ सार्वजनिक भएको छ । चर्चित गायक अर्जुन सापकोटा र व्यस्त म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले स्वर दिएको गीतमा सुमन ढकालको शब्द सृर्जना छ भने गायक सापकोटाकै लय रहेको छ । गीत छोटो समयमै लोकप्रिय बनिरहेको छ। मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ ।
गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गर्नुभएको हो ।
पुरा भिडियो हेर्नुहोस् :






