२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ बुटवलको सडक निर्माणमा देखिएका अड्चन हटाउने निर्णय

बुटवलको सडक निर्माणमा देखिएका अड्चन हटाउने निर्णय

बुटवल । बुटवल बेलहिया व्यापारिक सडक अन्तर्गत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा देखिएका समस्या समाधानका लागि बनेको विशेष अनुगमन समितिको बैठकले सडक विस्तारको काममा देखिएका अड्चन हटाउने निर्णय गरेको छ ।

बुटवल उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा समितिका संयोजक टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले चौराहा देखि गोलपार्कसम्म सडक निर्माण गर्ने क्रममा सडकको दायाँ बायाँ निर्माणाधीन नालाको ढक्कन लगाउने कार्य शुरु गर्ने निर्णय गरेको छ । यस्तै विद्युतको पोलहरु सबै जडान गरी आगामी बैठकसम्म कार्य सम्पन्न गरिसक्ने, खानेपानीको पाइप व्यवस्थापन गर्न खानेपानी संस्थानले निर्माण कम्पनीसँग समन्वय गरी पूरा गर्ने र आगामी बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको समितिका संयोजक टेकराज पन्थीले जानकारी दिनुभयो ।

यस्तै बैठकले टेलिफोन पोल र क्याबिनेट सबै कार्य तुरुन्त व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकमा बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका योजना प्रमुख दीपक कुमार झा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्ट, वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभी कन्स्ट्रक्सनका सुवित श्रेष्ठको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार