गृहपृष्ठ नव टिकुलिगढ युवा क्लबद्वारा आयोजित “7-A साइड नकआउट फुटबल प्रतियोगिता सम्पन्न
नव टिकुलिगढ युवा क्लबद्वारा आयोजित “7-A साइड नकआउट फुटबल प्रतियोगिता सम्पन्न
तिलोत्तमा । नव टिकुलिगढ युवा क्लबद्वारा आयोजित “7-A साइड नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधी नव युवा खेलकुद तथा साँस्कृतिक परिवार(सेतो)ले उपाधी जित्न सफल भएको छ। टिकुलिगढ मा.वि.को खेलमैदानमा जारी प्रतियोगिताको उपाधी कब्जा गर्ने क्रममा नव युवा खेलकुद तथा साँस्कृतिक परिवार(सेतो)ले सन्जिवनी युवा क्लब माथी टाइब्रेकरमा २-१ को जित निकाल्यो। यस अघि निर्धारित समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकलिएको थियो। उपाधी सहित विजेता टोलीले नगद रु. २५,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता टोलिले नगद रु.१५,०००/- , ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

यसै गरि व्यात्तिगत विधा तर्फ उत्कृष्ट गोलरक्षक सन्जिवनी युवा क्लबका सबु क्षेत्री, उत्कृष्ट डिफेन्डर सन्जिवनी युवा क्लबकै दिपु थापा मगर, सर्वाधिक गोलकर्ता आयोजक नवटिकुलिगढ युवा क्लबका मिसान दर्लामी मगर, उदयिमान खेलाडी आयोजककै बिजन बुढा मगर र सर्वोत्कृष्ट खेलाडी नव युवा खेलकुद तथा साँस्कृतिक परिवारका जितेश गुरुङ्ग घोषित भएका थिए । त्यस्तै राइजिङ्ग फुटसल क्लब र नव टिकुलिगढ युवा क्लब बीचको भेट्रान मैत्रीपुर्ण फुटबल खेलमा राइजिङ्ग फुटसल क्लब १-० ले विजय भएको थियो ।

दर्शकहरुको उल्लासपुर्ण उपस्थितिका बिच आयोजित समापन समारोहको संचालन क्लबका सक्रिय सदस्य बुद्धि प्रसाद थापाले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य क्लबका संस्थापक अध्यक्ष भरत कुमार श्रीसले राख्नु भयो। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरका नगर प्रमुख रामकृष्ण खाण, बिशिस्ट अतिथि तिलोत्तमा नगरका कार्यपालिका सदस्य रवि सेन्चुरी, तिलोत्तमा वडा नं. १४ का वडा अध्यक्ष आस्विन पौडेल अखिल नेपाल फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुन, जिल्ला फुटबल संघका सदस्य अर्जुन बहादुर केसि लगायतले ब्याक्तित्वले शुभकामना मन्तव्य राख्नु भएको थियोे। कार्यक्रमको समापन क्लबका अध्यक्ष तोरण गुरुङ्गले गर्नु भयो। दुर्व्यासनी मुक्त समाज गठन गर्दै युवाहरूलाई खेल तर्फ उत्प्रेरित गर्ने र स्थानीय क्लब र खेलाडीसँग आत्मीय सम्बन्ध प्रगाढ बनाउने उदेश्यका साथ आयोजित प्रतियोगितामा रुपन्देहीका कुल ३६ टोली सम्मेलित थिए।







