२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास

देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास

ज्ञानेश्वर सहानी, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १७ देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकीको लागि जग्गा दातालाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिका वडा नं. १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाईले आफ्नो ८ कट्ठा जग्गा देवगाउँ स्वास्थ्य चाैकी भवन बनाउन दान गर्नुभएको छ ।

देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास रामग्राम नगरपालिका वडा नं. १७ देवगाउँ फुलबरिया बस्ने जग्गादाता जगदिश गोसाईका भाइ तथा पुर्व वडा अध्यक्ष जितबहादुर गोसाईले गर्नुभएको थियो । एक कार्यक्रमका बिच देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा जग्गा दाता लाई सम्मान कार्यक्रम गरिएको थियोे । रामग्राम नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष कनहिय मैयाको अध्यक्षता तथा प्रदेश सभा सांसद माननीय बैजनाथ जयसवाल ज्युको प्रमुख आतिथ्यतामा भएको देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकीको लागि जग्गादातालाई सम्मान कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिका वडा नं. १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाईले जग्गा कम भए पछि अरु जग्गा दिने बताउनुभएको थियोे । कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिकाका उप-मेयर सम्झना चाैधरी, गोवरहिया प्रहरी चाैकी , नेपाल रेडक्रस सोसाइटी, पत्रकार, समाजसेवी तथा स्थानीयवासी लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन देवगाउँ स्वास्थ्य चाैकी हेल्थ असिस्टेन्ट चन्द्र भावन यादवले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार