२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ भलिबल खेलाडीलाई तिलोत्तमामा बधाई तथा शुभकामना

भलिबल खेलाडीलाई तिलोत्तमामा बधाई तथा शुभकामना

तिलोत्तमा । पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुपन्देहीमा भलिबल खेलाडीको छनोट प्रकृया सम्पन्न भएको छ। जिल्ला खेलकुद बिकास समिती आयोजना तथा जिल्ला भलीबल संघ रुपन्देहीको सहयोगमा भएको छनोट प्रतियोगितामा पुरुषतर्फ तिलोत्तमा नगरपालिका तथा महिलातर्फ बुटवल उपमहानगरले उपाधि चुमेको छ, भने तिलोत्तमाले दोस्रो स्थान हासिल गरेको छ।

हिजो सम्पन्न प्रतियोगितामा सम्मिलित खेलाडी प्रशिक्षक तथा टिम म्यानेजरहरुलाई तिलोत्तमा नगरपालिकाले सम्मान गरेको छ। नगरपालिकाको आफ्नै कार्यालयमा भएको एक औपचारिक कार्यक्रममा खेलाडीहरुलाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत नारायण अर्याल, शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, कार्यपालिका सदस्य रवि सेन्चुरीलगायतले खेलाडीलाई सम्मान गर्दै भावी जिबनको सफलताको शुभकामना दिएका थिए।

बुधबार भएको छनोट प्रतियोगिता अन्तरगत प्रतिस्पर्धामा पुरुषतर्फ तिलोत्तमा नगरपालिकाले देवदह नगरपालिकालाई पराजित गरेको हो । यसैगरी महिला तर्फ बुटवल उपमहानगरले तिलोत्तमालाई पराजित गर्दै विजयी हुन सफल भएको थियो । प्रतियोगितामा पुरुष तथा महिला तर्फका विजेता समुहहरुले १५ हजार, उप विजेताले १० तथा तेस्रो हुने समूहले नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार बितरण कार्यक्रममा समेत सामेल भएका तिलोतमा नगर प्रमुख रामकृष्ण खाले ण  खेल्ने खेलाडी मात्र नभई समाज सुधारमा समेत महत्वपूर्ण भूमिका निभाउने उल्लेख गरे । देश विदेशमा परिचित गराउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सबै क्षेत्र मिलेर खेलाडीहरुको उत्पादन र खेलका लागि भौतिक संरचना निमार्ण लाग्नुपर्ने बताए। उनले तिलोत्तमाको शान देश बिदेशमा छर्न सबै खेलाडीलाई आग्रह समेत गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार