२०८३ साउन १२ गते मंगलवार | July 28, 2026

गृहपृष्ठ इङ्लिश प्रिमियर लिग : साउथ ह्याम्पटन म्यान्चेष्टर युनाइटेडसँग पराजित

इङ्लिश प्रिमियर लिग : साउथ ह्याम्पटन म्यान्चेष्टर युनाइटेडसँग पराजित

काठमाडौं । इङ्लिश प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले आफ्नो दोस्रो जित निकालेको छ । साउथ ह्याम्पटनको घरेलु मैदान सेन्ट मेरिज स्टेडियममा आज भएको खेलमा म्यान्चेष्टरले घरेलु टोलीलाई १–० गोलले पराजित गरेको हो ।

म्यान्चेष्टरका लागि ब्रुनो फर्नानडेजले गरेको गोल नै निर्णायक बन्यो । खेलको ५५ औँ मिनेटमा फर्नानडेजले गोल गर्दैँ म्यान्चेष्टरलाई अग्रता दिलाए । यस अघिको लिभरपुलविरुद्धको खेलमा मैदान प्रवेश नगरेका क्रिस्टियानो रोनाल्डोले पनि आज सहभागीता जनाएका थिए । साथै रियल म्याड्रिडका पूर्व डिफेन्सीभ मिडफिल्डर क्यासमिरोले पनि आज म्यान्चेष्टरका लागि डेब्यु गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार