२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : लिभरपुलले बर्नेमाउथलाई भारी गोलअन्तरले हरायो

इंग्लिस प्रिमियर लिग : लिभरपुलले बर्नेमाउथलाई भारी गोलअन्तरले हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित दर्ता गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ९– ० गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले २/२ गोल गरे ।यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक/एक गोल गरे ।

बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरे ।लिभरपुलले पहिलो हाफमै पाँच गोल गरेको थियो । खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रिमियर लिगमा लिभरपुलको यो पहिलो जित हो । यसअघि लिभरपुलले दुई बराबरी खेल्दा एकमा हार बेहोरेको थियो । यो फराकिलो जितसँगै लिभरपुलको ४ खेलबाट ५ अंक पुगेको छ । पराजित बर्नमाउथको ४ खेलबाट ३ अंक छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार