२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ यस्तो रहनेछ देशभरको आजको मौसमी अवस्था

यस्तो रहनेछ देशभरको आजको मौसमी अवस्था

काठमाडौं । मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मौसम विभागका अनुसार देशका पहाडी  भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उता, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। रातमा पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार