२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ गतरातीदेखि अवरुद्ध बुटवल-पाल्पा सडक एकतर्फी खुला

गतरातीदेखि अवरुद्ध बुटवल-पाल्पा सडक एकतर्फी खुला

बुटवल । गयरातीदेखि अवरुद्ध भएको बुटवल-पाल्पा सडक एकतर्फी खुला भएको छ । पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ ३ झुम्सा र हेडबक्स नजिकै ढुंगा सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

सडक भाँसिदा तथा सो सडकमा माथिबाट लेदो सहितको पहिरो खसेपछि अवरुद्ध भएको थियो । पहिरो हटाएसँगै एकतर्फी सडक सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार