२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी

केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी

काठमाडौं । केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएकाे छ । केन्याले दिएकाे दुई सय १९ रनकाे लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायाे ।नेपालकाे जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए, उनी एक सय आठ रनमा आउट भए । यस्तै अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।

यसअघि नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयाे । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन/तीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक/एक विकेट लिए । जितसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक–शून्यकाे अग्रता लिएकाे छ । शृङ्खलाकाे दोस्रो खेल भाेलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार