गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परीक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परीक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने थप ३ सय ३९ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।





