२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आज शनिबारको देशभरको मौसमी अवस्था

आज शनिबारको देशभरको मौसमी अवस्था

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर भएकाले देशभरको मौसममा बदली भएको छ। जसका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान दैलेख, डडेल्धुरा र कञ्चनपुर जिल्लाका केही क्षेत्रमा भारी वर्षा भएको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । राति लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार