२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आज शनिबार नेपालमा थपिए १६३ जना कोरोना संक्रमित

आज शनिबार नेपालमा थपिए १६३ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार