२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीले चौथो स्थापना दिवस मानव सेवामा आश्रितहरुलाई भोजन सहयोग गरेर मनायो

नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीले चौथो स्थापना दिवस मानव सेवामा आश्रितहरुलाई भोजन सहयोग गरेर मनायो

बुटवल । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाले चौथो स्थापना दिवस मानव सेवामा आश्रितहरुलाई भोजन सहयोग गरेर मनाएका छन । कार्यक्रमको एक समारोहका बिच ब्यवसायी संघका निर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले खाना खुवाउने कार्यक्रमको उद्घाटन गर्दै आश्रमलाई सबैको सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष सुरज भट्टराईले संस्थागत सामाजिक सहयोगलाइ निरन्तरता दिने काम गरेको बताए । घरमा एक जना बिरामी पर्दा सेवा गर्न धेरै कठिनाई हुने भन्दै यति ठूलो समुहलाई स्याहारसुसार गर्ने काम सामान्य नभएको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार रोहितराज क्षेत्री, लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपाने, महासचिव पुरुषोत्तम भट्टराई, सचिव नारायण थापाले संस्थागतका साथै ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश प्रमुख रुपा केसीले विभिन्न उमेर समुहका अनाथ असहायहरुको अभिभावक बन्ने अवसरका रुपमा सहयोग रहेको बताईन । आर्थिक सहयोग जुटाउन ७ प्रदेशको १० वटा स्थानमा नेपथ्य ब्याण्डसंग सहकार्य गरि मानवताका लागि सागितिक कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताईन । हाल ७ प्रदेशमा २५ वटा सेवा आश्रममा १ हजार ६ सय भन्दा बढी अनाथ असहायहरु आश्रीत छन । बुटवलमा भाडामा संचालनमा रहेको आश्रम अहिले तिलोत्तमा नगरपालिकामा आफनै भवन निर्माण गरि सारिएको छ । रुपन्देही शाखामा १ सय ५० जना आश्रित छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार