गृहपृष्ठ मौसम अपडेट : कस्तो रहनेछ आज दिनभर देशभरको मौसम ? हेर्नुहोस्
मौसम अपडेट : कस्तो रहनेछ आज दिनभर देशभरको मौसम ? हेर्नुहोस्
काठमाडौँ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १ र मधेस प्रदेशमा राति सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली भएको छ।
त्यसैगरी गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






