२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ १ करोड भन्दा बढीको लगानीमा तिलोत्तमा नयाँमिलमा मेरीमेन्ट रेष्ट्रो एण्ड बार प्रा.लि. संचालनमा आउदै

१ करोड भन्दा बढीको लगानीमा तिलोत्तमा नयाँमिलमा मेरीमेन्ट रेष्ट्रो एण्ड बार प्रा.लि. संचालनमा आउदै

तिलोत्तमा ।  स्वदेशमा नै केही गरौ र केहि व्यक्तिलाई भए पनि रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ०१ जनसेवा कलब चोक नयाँमिल स्थित, सि.ए र बैंकरहरुको सक्रियतामा  मेरीमेन्ट रेष्ट्रो एण्ड बार प्रा.लि. संचालनमा आउन लागेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी नेपाली, ईन्डीयन, चाईनिज, ईलालियन खाजा नास्ता तथा मनोरन्जन उपलब्ध गराउने उद्धेश्यका साथ १ करोड भन्दा बढीको लगानीमा रेस्ट्रुरेन्ट संचालनमा आउन लागेको रेस्ट्रुरेन्टका संचालक  राजेन्द्र ज्ञवालीले जानकारी दिए । रेस्टुरेन्टमा स्थानिय ब्याण्ड र कलाकारहरुको लाइभ सांगीतिक कार्यक्रम प्रस्तुति समेत हुने ज्ञवाली जानकारी दिए । रेस्टुरेन्ट संचालन पश्चात करिब २० जनालाई स्वदेशमा नै रोजगार पाउने छन् शुभारम्भको पूर्वसन्ध्यामा हाल रेस्टुरेन्टले अनऔपचारिक रुपमा खाजा नास्ता उपलब्ध गराई ग्राहकहरुलाई सुबिधा दिई रहेको ज्ञवाली जानकारी दिए ।

साथै रेस्टुरेन्टले शुभारम्भको अवसरमा  “DON’T USE CELL PHONE”  भन्न्ने स्किम लिएर आएको छ जस्मा ४ जना वा सो भन्दा बढी ग्राहक कुनै एक टेबलमा बसी खाजा नास्ता खादा आफ्नो मोबाइल प्रयोग नगरी कुराकानी मात्र गरी पार्टी वा मनोरन्जन गरेमा उनीहरुको उठेको सम्पूर्ण बिलमा १२ प्रतिशत छुट उपलब्ध गराउने संचालक राजेन्द्र ज्ञवालीले जानकारी दिए । रेस्टुरेन्टले दैनिक रुपमा दिउसो १२ बजे देखि राती १० बजे सम्म रेस्टुरेन्टबाट ५ किलोमिटर भित्रको एरियामा खाजा, नास्ता होम डेलिभरी कुनै एक्स्ट्रा शुल्क नलिई गर्ने समेत ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार