२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपालमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ७ सय २५ पिसिआर परीक्षणका क्रममा ४५ जना र १ हजार ६१ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ६ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार