२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेप्से परिसूचक आज बिहिबार १.३८ अंकले घट्यो

नेप्से परिसूचक आज बिहिबार १.३८ अंकले घट्यो

काठमाडौं । सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । नेप्से परिसूचकको अनुसार १.३८ अंकले घटेर १ हजार ८ सय ४४.१४ अंकको बिन्दुमा आएर रोकिएको छ । ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्स मा ०.०९ अंकले वृद्धि भएर ३६.०५ अंकमा आएर रोकिएको छ ।

बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । बिहीबार १८३ कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मूल्य वृद्धि भएको र १० कम्पनी स्थिर रहेको छ।

अभियान लघुवित्त संस्थाको ३ करोड ६९ लाख ५२ हजार बढीको कारोबार भएको छ । गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार, एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ । हाइड्रो पावरको १०.९ प्रतिशत ले बढेको छ । बिन्दवासिनी हाइड्रो पावर ४।३७ ले वृद्धि भएको छ । विसाल बजार कम्पनीको सेयर मूल्य ४.०४ ले वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार