२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ आजबाट कात्तिक १४ गतेसम्म सार्बजनिक बिदा

आजबाट कात्तिक १४ गतेसम्म सार्बजनिक बिदा

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ। अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ।

त्यसको भोलिपल्ट अर्थात् ११ कात्तिकमा शनिबार रहेकाले सार्वजनिक छ। १३ कात्तिकमा छठ पर्वको बिदा छ। सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ। यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ। टीकाको साइँत बिहान ११:३७ बजे रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार