गृहपृष्ठ दुई किशोरीलाई अपहरण गरी सामुहिक बलात्कार गर्ने ९ जना पक्राउ
दुई किशोरीलाई अपहरण गरी सामुहिक बलात्कार गर्ने ९ जना पक्राउ
बुटवल । रुपन्देहीमा २ किशोरी माथि सामुहिक बलात्कार गर्ने ९ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुर स्थित बाटोमा मेला हेरेर फकदैँ गरेका १५ र १६ बर्षीय किशोरीलाई ११÷१२ जनाले बुधबार राति अपहरण गरी जंगल तथा खोलाको किनारमाल लगी जवरजस्ती गरेका थिए ।
घटनाको खबर प्राप्त गर्ना साथ खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा १५ बर्षीय किशोरीलाई गैडहवा गाउँपालिका–८ स्थित देउराली सामुदायिक वनको जंगलमा लगी जवरजस्ती करणी गर्ने सैनामैना नगरपालिका १० का १८ वर्षका बबि पाण्डे, सोही ठाउँका २६ वर्षीय राम बहादुर बि.क लगायत ५ जना जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
यस्तै १६ बर्षीय किशोरीलाई गैडहवा गाउँपालिका–२ कुलिचौर स्थित कञ्चन खोलाको बगरमा लगी जवरजस्ती करणी गर्ने सैनामैना नगरपालिका–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका ८ का १८ वर्षीय राहुल परियार लगायत ४ जनालाई पक्राउ गरेको प्रवक्ता अर्यालले बताए ।
बुधबार गाउँमा लागेका सांस्कृतिक कार्यक्रम हेरे फकर्ने क्रममा ती किशोरीहरुलाई १०÷१२ जनाको समुहमा रहेका युवाको समूहले बलात्कार गरेका थिए । घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न सबैको पहिचान खुल्ने प्रहरी प्रवक्ता अर्यालले बताए ।





