गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानुन संकायले विद्यावारिधि प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। एक सूचना जारी गर्दै त्रिविले उक्त संकायद्वारा विद्यावारिधि तहमा नेपाली विद्यार्थीका लागि ८ (आठ) र विदेशीका लागि २ (दुई) सिट गरी जम्मा १० सिटका लागि आवेदन फारम खुला गरिएकोमा विदेशी विद्यार्थीको आवेदन नपरेकोले दश सिट नै नेपाली विद्यार्थीहरूका लागि कायम गरी मिति २०७८ साल असोज ०७ गते सञ्चालित प्रवेश परीक्षामा सम्मिलित भएका ०९ जना परीक्षार्थीहरूको लिखित प्रवेश परीक्षा, लेख रचना परीक्षण र मौखिक अन्तर्वार्ताको प्राप्ताङ्कको आधारमा तयार गरिएको योग्यताक्रम प्रकाशित गरेको हो।
साथै त्रिविले योग्यता क्रममा रहेका परीक्षार्थीहरूले भर्नाका लागि डीन कार्यालयले तोकेको समयमा डीन कार्यालयमा सम्पर्क राख्नु पर्ने र डीन कार्यालयले तोकेको समयमा भर्ना हुन नआएमा पछि भर्ना नगरिने पनि सूचनामा उल्लेख गरेको छ।
त्रिविद्वारा जारी सूचना हेर्नुहोस् :






