गृहपृष्ठ विश्वका धनाढ्य एलन मस्कले हटाए ट्विटरका आधा कर्मचारी
विश्वका धनाढ्य एलन मस्कले हटाए ट्विटरका आधा कर्मचारी
न्युयोर्क । विश्वका धनाढ्य एलन मस्कले ट्विटर खरिद गरे पछि ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएका छन् । कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो । मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए ।
मस्कले यसअघि आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् । अक्टोबर २८ मा ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।





