गृहपृष्ठ गणेश खनालको शब्द, भविश्वर भण्डारी र सुनिता बुढा क्षेत्रीको आवाज रहेको “जमुना राधा” गीतले दर्शक श्रोताको मन जित्दै
गणेश खनालको शब्द, भविश्वर भण्डारी र सुनिता बुढा क्षेत्रीको आवाज रहेको “जमुना राधा” गीतले दर्शक श्रोताको मन जित्दै
काठमाडौं । गणेश खनालको शब्द र भविश्वर भण्डारी र सुनिता बुढा क्षेत्रीको आवाज रहेको “जमुना राधा” रोइला गीत सार्बजनिक भएको छ । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुसुम भण्डारीले संगीत भरेका छन् । गीत गायक भविश्वर भण्डारीको आफ्नै अफिसियल युटुब च्यानल Bhabiswar Bhandari बाट सार्बजनिक भएको छ।
गीत निकै मिठो बनेको हुनाले धेरै दर्शक श्रोताको मनमा पछिसम्म पनि मन मस्तिक्समा रहने कुरामा सम्पूर्ण टिमले आशा ब्यक्त गरेका छन । म्युजिक भिडियोमा अन्जली अधिकारी, लोमस शर्मा र नारायणी खत्री सुन्दर अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो जेरी भण्डारीले निर्देशन गरेका छन् । गीतले धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्न सफल होस् सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट धेरै शुभकामना ।
गीतको पुरा भिडियो हेर्नुहोस् :






