२०८३ कात्तिक ३० गते आइतवार | November 15, 2026

गृहपृष्ठ रूपन्देही क्षेत्र नं. ५ काे विकास लुम्बिनीसंग जाेडेर गरिने : नेता घिमिरे

रूपन्देही क्षेत्र नं. ५ काे विकास लुम्बिनीसंग जाेडेर गरिने : नेता घिमिरे

रूपन्देही । रूपन्देहीकाे क्षेत्र नं. ५ काे विकास लुम्बिनी संग जाेडेर गरिने तिलाेत्तमा नगरपालिकाका पूर्व मेयर तथा रूपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले बताउनु भएकाे छ । रूपन्देहीकाे सैनामैनामा आयाेजित एमालेकाे चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले साे कुरा बताउनु भएकाे हाे ।

लुम्बिनीमा मात्र हैन अब गैडहवा, कञ्चन र सैनामैनामा पनि हामी पर्यटक भित्राउने गरि पर्यटन विकासका कार्य गर्छाैं ।´- उहाँले भन्नूभयाे । लुम्बिनी परिसरकाे विकासले मात्र पर्यटन क्षेत्रकाे विकास हुन नसक्ने उहाँकाे भनाईछ । `लुम्बिनीमा पर्यटकहरू आउँछन् फर्किन्छन् तर हामी लुम्बिनी संग जाेडेर यस क्षेत्रकाे पर्यटन विकास गर्छाैं, जसले पर्यटन व्यवसाय, हाेटेल व्यवसाय कलासंस्कृतिकाे पनि प्रवर्द्धन हुन्छ ।

२/४ दिन पर्यटक बस्ने गरि हामी याे क्षेत्रकाे विकास गर्छाै उहाँले भन्नुभयाे । यस क्षेत्रमा रहेका गैडहवा ताल, दानापुर ताल, सिमसार क्षेत्र, मलमला क्षेत्र समथर तराई देखि चुरेपहाड सम्म विकास गरिने उहाँले बताउनु भयाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार