२०८३ असार ७ गते आइतवार | June 21, 2026

गृहपृष्ठ युएईविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल विजयी

युएईविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल विजयी

काठमाडौँ । युएईविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । काठमाडौँको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ३७ रन बनाए ।

त्यस्तै, कुशल भुर्तेलले ३५, आरिफ शेखले ३३ र ज्ञानेन्द्र मल्लले २६ रन जोडे । युएईका रोहन मुस्तफाले तीन र हज्रत बिलालले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । युएईका मुहम्मद वसिमले सर्वाधिक ५० रन बनाए । अलिशन सराफूले ३५ रन बनाउँदा भृत्य अरविन्दले २५ रन जोडे । नेपालका लागि सोमलाल कामी र ललित राजवंशीले समान ३ विकेट लिए । नेपालको जितसँगै ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । अन्तिम निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार