२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ मौसम अपडेट : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहने

मौसम अपडेट : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहने

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। आज प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। आइतबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने आकलन गरिएको छ। महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार