२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ निर्वाचन पछि पनि नयाँ खालको गठबन्धन सरकार बन्न सक्छ : घनश्याम भुसाल

निर्वाचन पछि पनि नयाँ खालको गठबन्धन सरकार बन्न सक्छ : घनश्याम भुसाल

बुटवल । सत्तागठबन्धन समर्थीत स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले निर्वाचन पछि पनि नया खालको गठबन्धन सरकार बन्न सक्ने बताएका छन्। चुनावपछि पनि देशले गठबन्धन माग गर्छ तिलोत्तमा ९ को गौतमबुद्ध आधारभुत प्राविमा मतदान गरि सकेपछि पत्रकारहरुसंग प्रतिक्रिया दिदै भने।

यो निर्वाचनले पनि कुनै न कुनै प्रकारको गठबन्धन बनाउने निश्चित जस्तै रहेको छ तर अब बन्ने गठबन्धनले ‘कमन मिनिमम प्रोग्राम’ बनाउनु पर्छ भुसालले भने। ‘घोषणापत्रको जस्तो होइन डिटेल प्रोग्राम गरे भने हाम्रो व्यवस्थाको अभ्यास अझै राम्रो जान्छ। त्यो एकदमै जरुरी पनि छ। म चाही त्यो पार्टीहरुले गरुन भन्ने चाहन्छु।’ भुसालले भने।

देशमा केही राजनीतिक अस्थिरताहरु आए पनि अहिले लिकमा आएको बताउँदै भुसालले संविधान र संविधानका अभ्यासहरु हुन थालेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको दोस्रो निर्वाचनले हामीले अझ बलियो बनाउने बताए। भुसाल एमाले परित्याग गरी रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन। उनलाई सत्तारुढ गठबन्धनले सघाएको छ। उनीसँग एमाले सचिव छविलाल विश्वकर्मा प्रतिष्पर्धी छन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार