२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ जीप दुर्घटना हुँदा गुल्मीमा ४ जनाको मृ’त्यु

जीप दुर्घटना हुँदा गुल्मीमा ४ जनाको मृ’त्यु

बुटवल । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृ’त्यु भएको छ भने ५ जना घा’इते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दु’र्घ’टनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । सत्यवती–३ का ३३ वर्षका कार्बाव्लिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले बताए ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका–३ का वडाअध्यक्ष जीतबहादुर त्रामुमगरले बताए । दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्स सहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार