२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरे विजयी

पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरे विजयी

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार एक सय ८० मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार