गृहपृष्ठ आज देशभरको मौसमी अवस्था यस्तो रहनेछ
आज देशभरको मौसमी अवस्था यस्तो रहनेछ
काठमाडौं । आज प्रदेश १ र बागमतीका थोरै भू-भागमा आंशिक बदली रहेको छ, भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १ र बागमतीका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार प्रदेश १ र बागमतीका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।





