गृहपृष्ठ संचारकर्मी सुदिप गौतमको शब्द र लोकप्रिय गायीका शर्मिला गुरुङको आवाजमा “भैगो रुदिन” गीत बजारमा (भिडियोसहित)
संचारकर्मी सुदिप गौतमको शब्द र लोकप्रिय गायीका शर्मिला गुरुङको आवाजमा “भैगो रुदिन” गीत बजारमा (भिडियोसहित)
बुटवल । संचारकर्मसंगै गीत संगीतलाई पनि अगाडी बढाईरहेका रुपन्देहीका संचारकर्मी सुदिप गौतमको एकल मार्मिक गीत “भैगो रुदिन ” बजारमा आएको छ । लोकप्रिय लोक गायीका शर्मिला गुरुङको आवाजमा गीत बजारमा आएको हो।
उक्त गीतमा संचारकर्मी गौतमले शब्द रचना गरेका छन भने संगीत धर्मराज पौडेलले गरेका हुन् । गीतमा महेन्द्र भण्डारीको एरेन्ज रहेको छ । नारीको कथा व्यथामा आधारित रहेर गीत तयार गरिएको संचारकर्मी गौतम बताउछन । उक्त गीतमा सन्तोष शर्मा परि शर्मा, कल्पना कार्की, सगुन शर्मा रमेश भुषाल लगायतका कलाकारहरुले अभिनय गरेका छन। छायाकन सम्पादन र निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । उक्त गीत सर्जक सुदिप गौतमको आफ्नै युट्युब च्यानल Upahar Entertainment बाट रिलिज गरिएको छ। गीतले दर्शक श्रोताको माया पाउने बिश्वास लिएका छन।






