गृहपृष्ठ यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था
यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार आज बिहान गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ। मौसमविद वरुण पौडेलका अनुसार भोलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। आज बिहान काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।






