२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ नयाँ मन्त्री टुंग्याउन मा‌ओवादी पदाधिकारी बैठक जारी

नयाँ मन्त्री टुंग्याउन मा‌ओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भए पछि नयाँ बन्ने मन्त्री टुंग्याउन पदाधिकारी बैठक बसिरहेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले सरकारमा पठाउने मन्त्रीका विषयमा छलफल भइरहेको एक नेताले बताएका छन्।

पुरानो गठबन्धन भत्काएर नयाँ बनाउनुपर्ने अवस्थाबारे प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका छन्। हिजो प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् । माओवादी केन्द्रको बैठकलगत्तै सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को बैठक बस्ने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार