२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि आह्वान

लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि आह्वान

दाङ । लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताएका छन्।

प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ। प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार