२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।

वृद्धि गरिएको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमद्वारा सोमबार राति जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९-१०-२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’ रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार