२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ अनेरास्ववियुको केन्द्रिय सचिवमा रवि सेन्चुरीको दाबी

अनेरास्ववियुको केन्द्रिय सचिवमा रवि सेन्चुरीको दाबी

बुटवल, २  फाल्गुन। नेकपा एमाले निकट अनेरास्ववियुको महाविधेशनका लागि रवि सेन्चुरीले सचिव पदका लागि उम्मेद्वारी दिने तयारीमा जुटेका छन । सचिवालय सदस्य रहेका सेन्चुरी विद्यार्थीहरु माझ लोकप्रिय मानिन्छन । २०६५ सालमा भैरहवा बहुमुखी क्याम्पसको स्वावियु सदस्य निर्वाचित सेन्चुरी तत्कालीन अनेरास्ववियू रुपन्देहीको क्षेत्रीय २ को अध्यक्ष, रुपन्देही जिल्ला सदस्य हुँदै त्रिभुवन विश्वविद्यालय सह-सचिव भएर काम गरिसकेका छन ।

अनेरास्ववियूको केन्द्रिय सदस्य हुँदै हाल सचिवालय सदस्य रहेका सेन्चुरी समावेशि प्रतिनिधित्वको हिसाबले पनि आफ्नो दाबी स्वभाविक रहेको बताउने गरेका छन । अनेरास्ववियु राजनैतिक नेतृत्व जन्माउने कारखाना भएकाले समावेशी सिध्दान्ता अनुसार पनि सबैको साझा बनाउनका निम्ति पनि आफ्नो उम्मेद्वारी रहेको सेन्चुरीले उल्लेख गरे ।

फाल्गुन २ गतेदेखि ४ फागुनसम्म हुन लागेको महाधिवेशनका लागि सेन्चुरी सचिव पदका आकाक्षी भएका हुन । कम्यूनिष्ट विचार, युवा तथा विद्यार्थी आन्दोलनमा बैचारिक रुपमा प्रखर भएकाले सेन्चुरीलाई नेताहरुले नै अगाडि सारेका छन । विद्यार्थी संगठनलाई समावेशी बनाउने आवाज उठेकाले सेन्चुरीको सम्भावना बलियो देखिएको छ । साथै प्रतिनिधि सम्पुर्ण सहभागी प्रतिनिधिहरुलाई आफ्नो अमुल्य मतदान गर्नका निम्ति पनि अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार