२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दै छ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्टिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्ने छिन् । त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार