गृहपृष्ठ शोविसन किरण स्मृति फाउन्डेसनद्वारा शोविसन किरणको आठौं पुण्यतिथीको अवसरमा नेपाल बालगृहमा सहयोग रकम हस्तान्तरण
शोविसन किरण स्मृति फाउन्डेसनद्वारा शोविसन किरणको आठौं पुण्यतिथीको अवसरमा नेपाल बालगृहमा सहयोग रकम हस्तान्तरण
बुटवल । शोविसन किरण स्मृति फाउन्डेसनले – शोविसन किरणको आठौं पुण्यतिथीको अवसरमा सैनामैना-१ बनकट्टामा रहेको नेपाल बालगृहमा सहयोग रकम हस्तान्तरण गरेर मनाएको छ । २०७२ साल चैत २०/२१ गते एक दिनको फरकमा एकैपटक २ जना छोराहरु गुमाएका हास्यकलाकार “माइला बा” ले आफ्नो छोरा पोलिएर गुमाउनु परेको पिडाले गर्दा आगामी दिनमा त्यस्तो कुनै दुर्घटना कसैलाइ परेमा एउटा वर्न स्वास्थ चिकित्सालय बनाउन सके समयमै उपचार पाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस भन्ने हेतुले यो फाउन्डेसन स्थापना गरेको र फाउन्डेसनमा सबैको साथ , सपोर्ट र समर्थन भए असम्भव नरहेको कुरा बताउनुभयो । फाउन्डेसन स्थापना गर्दा राजेस हमाल सहित कलाकारिता क्षेत्रमा आवद्ध रहेका विशिस्ट अतिथि र बाक्लो कलाकारहरुको सहयोग र उपस्थितिमा यस फाउन्डेसनको औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।

फाउन्डेसन ले शोविसन/ किरण को पुण्य तिथिमा हरेक बर्ष विभिन्न आश्रमहरुमा खाध्यान्न वितरण, आर्थिक सहयोग, रक्तदान कार्यक्रम साथै अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । कोभिडको समयमा पनि सामाजिक दुरि कायम राख्दै तिलोत्तमा नगरपालिकासँग समन्वय र हातेमालो गर्दै – विपन्न र समस्या परेका व्यक्तिहरुलाई मास्क, सेनिटाइजर र रकम सहयोग गरेको थियो ।

शोविसन, किरणको आठौं स्मृति पुण्य तिथिको दिन पनि नेपाल बालगृह सैनामैनामा एक कार्यक्रमका बिच रकम सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनका संरक्षक श्री बिष्णु जि पान्डेय (माइला बा) संगै संस्थाका अध्यक्ष धनबहादुर गुरुङ्गको अध्यक्षतासंगै रास्ट्रिय लोकदोहोरी प्रतिस्ठान केन्द्रिय सल्लाहकार एवम बुटवल उध्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खेम हमालको प्रमुख आतिथ्यमा रहेको थियो त्यस्तै कार्यक्रममा फाउन्डेसन सल्लाहकार टंक प्रसाद गैरे, बालगृह संरक्षक तिलक शाही, राष्ट्रिय लोक दोहोरी गीत प्रतिस्ठान केन्द्रीय सह-सचिव सीता राना, फाउन्डेसनका कोषाध्यक्ष दिपक कार्की सह-कोषाध्यक्ष भेषराज वस्ती संगै कलाकार सिलु भट्टराई, ऋतु थापा, प्रकाश गौतम, पार्वती स्त्री, विधान कार्की, सुन्दर गुरुङ, मुकेश गुरुङ, रेशम खनाल, मिशन मगर र नितु कार्की लगाएतको आतिथ्यता रहेको कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको कार्यक्रमको संचालन प्रदिप जि.सिले गर्नुभएको थियो ।





