गृहपृष्ठ सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घट्यो
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घट्यो
काठमाडौँ । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।
काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौँबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।






