२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ डिजेल-पेट्रोलको मूल्य भारतबाट बढेर आयो

डिजेल-पेट्रोलको मूल्य भारतबाट बढेर आयो

काठमाडौं । भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए । १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ।आइओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार