गृहपृष्ठ एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज काजकस्तानसँग खेल्ने
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज काजकस्तानसँग खेल्ने
काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज काजकस्तानसँग खेल्ने भएको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बेलुकी ५ बजे नेपाल र काजकस्तानको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरु हुनेछ।
नेपाल आज काजकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा छ भने काजकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । नेपाल समूह ‘ए’ को उपविजेता र काजकस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ ।





