२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्र फुटबल क्लबद्वारा सातदोबाटो युथ क्लब पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्र फुटबल क्लबद्वारा सातदोबाटो युथ क्लब पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे ।

पराजित सातदोबाटोका जोर्डन पुन मगरले एक गोल फर्काए । खेलको १७औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।

खेलको ५६ मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दै मछिन्द्रलाई ३–० अग्रता दिलाए । त्यसपछि खेलको ८४औँ मिनेटमा सातदोबाटोका जोर्डनले एक गोल गरे । यस जितसँगै मछिन्द्र २३ खेलमा ३९ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । समान खेल खेलेको सातदोबाटो २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार