गृहपृष्ठ एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालसँग यूएई “ए” ३ विकेटले पराजित
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालसँग यूएई “ए” ३ विकेटले पराजित
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई “ए” माथि नेपालले ३ विकेटको जित हात पारेको छ । बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं ओभरमा भेट्टाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा सर्वाधिक ७१ रन बनाउँदै प्लेयर अफ द म्याच भए भने देव खनाल र सन्दीप जोराले २४-२४ रन बनाए । यसैगरी नवौं ब्याटरको रुपमा आएका प्रतीश जीसीले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् । यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।





