२०८३ जेठ ३१ गते आइतवार | June 14, 2026

गृहपृष्ठ शुक्रबारदेखि फिफा महिला विश्वकप क्वाटरफाइनलका खेलहरु हुने

शुक्रबारदेखि फिफा महिला विश्वकप क्वाटरफाइनलका खेलहरु हुने

काठमाडौँ । नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलका क्वाटरफाइनल खेल शुक्रबारदेखि हुनेछन् । क्वाटरफाइल समीकरण पूरा भएसँगै अन्तिम आठका खेल शुक्रबारदेखि हुन लागेको हो । अन्तिम १६ को खेलमा फ्रान्स र कोलम्बिया क्वाटरफाइनल प्रवेश गरेसँगै अन्तिम ८ का टोलीको टुंगो लागेको हो ।

क्वाटरफाइनलको पहिलो खेलमा शुक्रवार बिहान पौने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ । यस्तै सोही दिन दिउँसो सवा १ बजे जापान र स्विडेन खेल्नेछन् । यस्तै शनिवार दिउँसो पौने १ बजे अस्ट्रेलिया र फ्रान्स तथा अपराह्न सवा ४ बजे इङ्ग्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । ३२ राष्ट्र सहभागि विश्वकपको फाइनल खेल अगस्ट २० मा अष्ट्रेलियामा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार