२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित अल नासर साउदी प्रो लिगमा अल हिलालसँग पराजित

पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित अल नासर साउदी प्रो लिगमा अल हिलालसँग पराजित

काठमाडौँ । साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित अल नासरले लज्जास्पद हार बेहोरेको छ । गएराति किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा भएको खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो ।

अल हिलालका लागि एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएका थिए । यो जितसँगै अपराजित रहेको अल हिलाल १५ खेलबाट ४१ अंकका साथ शीर्षस्थानमा यथावत छ । अल हिलालले १५ मध्ये १३ खेलमा जित र दुई खेलमा बराबरी गरेको छ । पराजित भएको अल नासर समान खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार