२०८३ भदौ १० गते बुधवार | August 26, 2026

गृहपृष्ठ आज राति देशका अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना : उच्च सतर्कता अपनाउन महाशाखाको अपिल

आज राति देशका अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना : उच्च सतर्कता अपनाउन महाशाखाको अपिल

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज राति देशभरको मौसम सामान्यतया बदली भई देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा पनि हिमपात र वर्षा हुन सक्नेछ।

पहाडी क्षेत्रतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको अनुमान गरिएको छ। यस्तै, तराईका भू-भागमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानका साथै कोशी र मधेस प्रदेशका थोरै स्थानमा वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई रातिको समयमा आवश्यक पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार